राप्रपाका सांसद धवलशमशेर जबरालाई उपचारका लागि छाड्ने तयारी

काठमाडौं — राज्यविरुद्धको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई उपचारका लागि अस्थायी रूपमा रिहा गर्ने तयारी भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार जबराको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई उपचारका लागि छाड्ने निर्णय लिइएको हो। स्रोतले भनेको छ, “अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो, लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ।”

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्यविरुद्धको कसुरमा जबरा पक्राउ परेका थिए। सोही प्रदर्शनमा सहभागी भएका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र पनि पक्राउ परेका थिए। मिश्र अहिले पनि प्रहरी हिरासतमै रहेका छन्। सांसद जबराको रिहाइ अस्थायी हुने र उपचारपछि पुनः कानुनी प्रक्रिया अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्