रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिने तयारी

काठमाडौं, वैशाख ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिने तयारी गरेकी छन्। आज बिहीबार बस्ने रास्वपाको बैठकअघि श्रेष्ठले पार्टी सचिवालयमा राजीनामाबारे जानकारी गराउने तयारी गरेको स्रोतले जनाएको छ।

रास्वपाका एक उच्च स्रोतका अनुसार श्रेष्ठले यसअघि नै चैत १७ गते सहमहामन्त्री पदबाट राजीनामा दिने प्रस्ताव राखेकी थिइन्। संयोगवश, सोही दिन रवि लामिछाने पुनः पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। श्रेष्ठले ‘एक व्यक्ति, एक पद’ भन्ने मान्यता कार्यान्वयन गर्नुपर्ने भन्दै राजीनामा प्रस्ताव राखेको बताइएको छ।

“सुमनाजीले पहिले नै आफ्नो धारणा राख्नुभएको थियो,” स्रोतले भन्यो, “रविजीले त्यो धारणा सही भएको स्वीकार गर्नुभयो तर त्यो समय राजीनामाको लागि उपयुक्त नभएको बताउनुभयो। त्यसको केही समयमै उहाँ हिरासतमा जानुभयो।”

सुमना श्रेष्ठले पनि आफुले राजीनामा प्रस्ताव गरेको कुराको पुष्टि गरेकी छन्। तर विस्तृत धारणा भने पार्टीको आन्तरिक संवाद समूहमा राख्ने बताएकी छन्।

रास्वपाका सभापति लामिछाने अहिले सहकारी प्रकरणमा संलग्न रहेको अभियोगमा हिरासतमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्