सत्तारुढ गठबन्धनमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

काठमाडौं — गृहमन्त्री रमेश लेखकले सत्तारुढ गठबन्धनका दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पारेका छन्।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले हाल सत्तारुढ दलहरूबीच उत्पन्न भएको भनिएको विवादका हल्लाहरूको खण्डन गरेका हुन्। “हाम्रा बीचमा कुनै समस्या छैन,” गृहमन्त्री लेखकले भने, “सरकार र दुई दलबीच समस्या भयो कि भन्ने कुरा आइरहेको छ। तर यस्तो कुनै समस्या छैन।”

उनले सत्तारुढ गठबन्धनभित्र आपसी समन्वय, विश्वास र सहकार्यमा कुनै कमी नभएको समेत स्पष्ट पारे। बैठकमा समसामयिक राजनीतिक विषयहरूबारे छलफल भए पनि गम्भीर विवाद वा असहमतिका बिन्दु नरहेको लेखकको भनाइ थियो। पछिल्लो समय राजनीतिक वृत्तमा सत्ता गठबन्धनमा दरार आउन सक्ने चर्चा भइरहेका बेला गृहमन्त्री लेखकको यो वक्तव्य सत्ताको स्थायित्वप्रति सकारात्मक संकेतका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्