प्रा.डा.खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् ।

त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् ।  प्रा.डा. केसीले आफूले उपकुलपतिको जिम्‍मेवारी पाएको बताए । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु।’

यसअघि प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाआट राजीनामा दिएपछि उक्त पद खाली थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्