विद्यालय भर्ना अभियान सुरु: गुणस्तरीय शिक्षामा प्रधानमन्त्रीको जोड

काठमाडौं — नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ नारासहित सुरु भएको अभियानलाई सफल बनाउन नेपाल सरकारले अभिभावक तथा सरोकारवालालाई आह्वान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै सबै बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गराई नियमित विद्यालय पठाउन आग्रह गरेका छन्। उनले गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रणाली विकासमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।

शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालय शिक्षा विधेयक २०८१ पारित, र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। अझै पनि २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको भन्दै प्रधानमन्त्रीले गरिबी हटाउन शिक्षालाई पहिलो सर्त मानेका छन्।

प्रधानमन्त्री ओलीले आधारभूत तहको भर्नादरमा सुधार भए पनि टिकाउ दर वृद्धि, स्थानीय ज्ञान र सीपमा आधारित शिक्षा, र प्राविधिक तालिममा लगानी आवश्यक रहेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्