अभिषेकको विस्फोटक ब्याटिङमा हैदरावादले पञ्जावलाई हरायो

लगातार चार खेलमा पराजित भएको सनराइजर्स हैदरावादले छैटौं खेलमा जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति हैदारावादले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकाल्दै हारको शृंखला तोडेको हो। पञ्जाबले दिएक २४६ रनको विशाल लक्ष्य हैदरावादले ९ बल बाँकी छँदा २ विकेटमात्रै गुमाएर पूरा गरेको थियो।

ओपनर अभिषेक शर्माको ब्याटिङ सानदार भयो। उनले ५५ बल खेलेर १४१ रन बनाए। जारी सिजनमा व्यक्तिगततर्फ अहिलेसम्मकै ठूलो स्कोर हो। उनले १४ चौका र १० छक्का हानेका थिए। त्यस्तै अर्का ओपनर ट्राविस हेडले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ९ चौका र ३ छक्का हानेर ६६ रन जोडे।

हेनरिक क्लासेन २१ रन इसान किशन ९ रन बनाएर नट आउट रहे। पञ्जाबका लागि अर्शदीप सिंह र युजवेन्द्र चाहलले १/१ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर २४५ रन बनाएको थियो। पञ्जाबका लागि कप्तान श्रीयस ऐयरले सर्वाधिक ८२ रन बनाए। उनले ३६ बलमा ६ चौका र ६ छक्का हाने। प्रभसिमरन सिंहले २३ बलमा ७ चौका र १ छक्का हानेर ४२ रन बनाए। प्रियान्स आर्याले १३ बलमा २ चौकार ४ छक्का हानेर ३६ रन जोडे। नेहाल वाधेराले २७ रनको योगदान गर्दा मार्कस स्टोइनिस ३४ रन बनाएर नट आउट रहे। स्टोइनिसले ११ बलमा १ चौका र ४ छक्का हानेका थिए। जितसँगै हैदरावाद पुछारबाट आठौं स्थानमा उक्लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्