काठामाडौँ – अखिल नेपाल महिला संघ पाँचपोखरी थाङ्गपाल गाउँपालिका कमिटीको दोस्रो सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन अनेमसंघकी केन्द्रीय सचिव कमरेड शारदा देवी कुमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सम्मेलनले सर्वसम्मत निर्णयका आधारमा नयाँ १८ सदस्यीय कमिटी चयन गरेको छ। नवगठित कमिटीमा कल्पना पण्डित खनाल अध्यक्षमा निर्वाचित भएकीछिन् ।। उपाध्यक्षमा जसकुमारी तामाङ र इन्द्रमाया श्रेष्ठ चयन भएका छन् भने, रिता तामाङ कोषाध्यक्ष, सञ्जिता तामाङ सचिव तथा सीता जिम्बा सह-सचिव पदमा चयन भएका छन्। बाँकी १२ जना सदस्यहरू समेत समेटेर नयाँ नेतृत्व गठन गरिएको छ।
कार्यक्रममा केन्द्रीय नेतृ कुमालले महिला आन्दोलनलाई अझ सशक्त बनाउने र स्थानीय स्तरमा महिला सहभागिता अभिवृद्धि गर्ने सवालमा यो सम्मेलनले थप टेवा पुगाएको बताइन्।सम्मेलनमा विभिन्न वडास्तरका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।