वीरगञ्ज तनावग्रस्त, प्रशासन कर्फ्यु लगाउने तयारीमा (तस्वीरहरू)

काठमाडौं  — पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ। शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार अहिले दुवै पक्ष आक्रोशित छन् र शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा लिन कर्फ्यु जारी गर्ने तयारी भइरहेको छ। ‘भर्खरै प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग पनि कुराकानी भएको छ, अवस्था सामान्य छैन,’ मेयर सिंहले बताए।

झडपका क्रममा केही पसलमा आगजनी भएको र केही स्थानीयवासी तथा सुरक्षाकर्मी घाइते भएको जनाइएको छ। झडपपछि क्षेत्रको सुरक्षालाई बलियो बनाउन ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने नागरिकहरूलाई संयम रहन र अफवाहमा नपर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्