आन्दोलन लक्षित गर्दै प्रहरी प्रधान कार्यालयको निर्देशन: राजीनामा स्वीकृत नगर्न आदेश

काठमाडौं, ३० चैत – देशभर जारी आन्दोलन र प्रदर्शनको परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयबाट जारी आदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेश प्रहरी कार्यालयलाई यो निर्देशन पठाइएको छ।

निर्देशनअनुसार अर्को आदेश नभएसम्म कुनै पनि प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नहुने स्पष्ट गरिएको छ।

हाल काठमाडौंमा शिक्षक, आवासीय चिकित्सक तथा अन्य संघ-संस्था र समूहहरूको आन्दोलन जारी छ। केही दिनअघि राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि आन्दोलनहरूलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी जनशक्तिको व्यवस्थापनलाई सुदृढ गर्न तथा आकस्मिक अवस्थामा प्रहरी उपस्थिति सुनिश्चित गर्न राजीनामा स्वीकृत नगर्न आदेश दिइएको प्रहरी स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्