सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, वैशाख २९ – सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेल स्वयं सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेकी हुन्। रास्वपा सहप्रवक्ता प्रतिभा रावलले अनलाइनखबरलाई उक्त जानकारी दिएकी छन्।

यसअघि, गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको निर्णय बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।

सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्च अदालतले त्यस निर्णय उल्ट्याउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो।

उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च अदालत पुगेको हो। अब सर्वोच्च अदालतको फैसलाले रवि लामिछानेको कानुनी अवस्थालाई नयाँ मोड दिने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्