दुर्गा प्रसाईंलाई आसामबाट पक्राउ गरी काठमाडौं ल्याइयो, आजै अदालत पेश गरिने तयारी

काठमाडौं – तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसामबाट नियन्त्रणमा लिई आज बिहान काठमाडौं ल्याएको छ। उनलाई गुवाहाटीबाट झापा हुँदै विमानमार्फत काठमाडौं ल्याइएको हो।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइएको हो। उनलाई झापा प्रहरी हिरासतमा केहीबेर राखिएको थियो। त्यहाँबाट विमानस्थलसम्म लैजाँदा हतकडी लगाइएको थियो भने विमानमा चढेपछि हतकडी खोलिएको र काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि फरार भएका प्रसाईं भारतको आसाममा लुकेर बसेका थिए। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली भारत पुगेको थियो। यद्यपि प्रहरीले सार्वजनिक रुपमा भने उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ।

विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रसाईंले आफूले “आफैं पक्राउ परेको” बताएका थिए।

प्रहरीले उनलाई आजै अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक कागजात तयार पार्ने कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्