नयाँ वर्षमा घुम्ने सोच बनाउनुभएको छ ? यसकारण रानिकोट बन्छ सक्छ उत्कृष्ट गन्तव्य !

नयाँ वर्ष २०८२ सालको सुरुवातलाई स्मरणीय बनाउन चाहनुहुन्छ भने काठमाडौँ उपत्यकाबाट जम्मा २२ किलोमिटरको दूरीमा अवस्थित रानिकोट उत्कृष्ट गन्तव्य हुन सक्छ। इतिहास, संस्कृति, प्रकृति र आतिथ्यको अनुपम संगम पाइने यो स्थान हाल घुम्न चाहनेहरूबीच लोकप्रिय बन्दै गएको छ।

रानिकोट पुग्नासाथ सबभन्दा पहिले ध्यान खिच्ने स्थल हो — रानिकोट गढी। पुरातात्त्विक महत्व बोकेको यो गढी कुनै समय काठमाडौं उपत्यकाको सुरक्षाका लागि निर्माण गरिएको ऐतिहासिक संरचना हो। समयसँगै यसको स्वरूपमा परिवर्तन भए पनि यसको सांस्कृतिक र ऐतिहासिक मूल्य आज पनि उत्तिकै जीवित छ।

गढीको नजिकै रहेको बाघ भैरव मन्दिर आस्थाको अर्को केन्द्र हो। प्राचीन शैलीमा निर्माण गरिएको यो मन्दिरमा पुग्दा धार्मिक शान्ति र आध्यात्मिक अनुभूति पाइन्छ।

रानिकोटको अर्को आकर्षण भनेको यहाँको प्राकृतिक सौन्दर्यता हो। हरियालीले ढाकिएको वातावरण, चिसो हावा, चराचुरुङ्गीको चिरबिर आवाज र शान्त परिवेशले यहाँ पुग्ने जो–कसैलाई मन्त्रमुग्ध बनाउँछ। अझ बिहान–बेलुका यहाँबाट देखिने हिमशृंखलाको अवलोकन त झनै अद्भुत हुन्छ। सफा मौसममा उत्तरतीर लहरै उभिएका सेता हिमश्रृंखला एकैपटक हेर्न पाइन्छ यस क्षेत्रबाट ।

यहाँ बसाइको सुविधा अझ विशेष बनाउन सहयोग गर्ने अर्को पक्ष हो — भिल्लेज हाइल्याण्ड रिर्सोट। प्राकृतिक सुन्दरता भित्रको यो रिसोर्टमा आरामदायी कोठा, स्वादिष्ट खाना, स्थानिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद, र पारिवारिक शैलीको सत्कार पाइन्छ। यहाँको सेवा सत्कारले रानिकोटको अनुभवलाई अझ रोमाञ्चक बनाउँछ।

केवल आधा घण्टाको यात्रापछि यस्तो शान्त, मनोरम र ऐतिहासिक ठाउँमा पुग्न सकिने भएपछि रानिकोट नयाँ वर्ष मनाउने गन्तव्यको सूचीमा पहिलो रोजाइ बन्न पुगेको छ। धूलो, ध्वनि र भिडभाडबाट केही समय टाढा रहेर आत्मिक शान्ति, सांस्कृतिक अनुभूति र प्रकृतिको काखमा नयाँ वर्षको स्वागत गर्न चाहनुहुन्छ भने रानिकोट तपाईँका लागि उत्तम रोजाइ बन्न सक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्