शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरुसँगको भेटमा देउवाले सो धारणा राखेका हुन् ।

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जिकिर समेत गरे । भेटमा नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए ।

सो भेटघाटमा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्