काठमाडौँ – कतिपय घटना यस्ता हुन्छन्, सुन्दा विश्वास गरिहाल्न सकिँदैन । विश्वास गर्ने पनि कसरी, जबकी घटना नै यस्तै छ ।
संका लाग्न पनि सक्छ, मानिसहरु यति छिट्टै कसरी एक अर्कालाई पूर्ण रुपमा विश्वास गर्छन् भनेर । तर ,यो घटनामा भने बाधक सम्बन्घ र विश्वास नै छ । एउटा अनौठो घटना जुन हालै भारतमा घटेको छ । भारतको उत्तर प्रदेशस्थित अलीगढ जिल्लामा उउटा चकित बनाउने घटना सार्वजनिक भएको छ। चकित पार्ने कारण पनि छ । जहाँ एउटी आमा जो आफ्नै छोरीको विवाह गर्न तयार पुरुषसँग भागेकी छिन् ।
छोरीको विवाह आगामी वैशाख ३ गते गर्ने भनेर तय हुन्छ । इन्गेजमेन्ट भने भइसकेको हुन्छ । तर, विवाह हुँदैन । विवाह यस कारण हुँदैन, जुन सुन्दै अचम्म लाग्छ । त्यहाँ विवाहको पूरै तयारी भइरहेको हुन्छ । त्यसपछि छोरीले इन्गेजमेन्ट गरेको केटासँग उनकी आमा नै भागेकाे भएको खबर सार्वजनिक हुन्छ ।
परिवारका अनुसार उनीहरूकी छोरीको विवाह तयारी चलिरहेको थियो, तर छोरीले इन्गेजमेन्ट गरेको युवकसँगै छाेरीकी आमा भाग्छिन् ।
यो खबर अहिले भारतीय सञ्चारमाध्यमहरूमा भाइरल भइरहेकाे छ । सार्वजनिक जानकारी अनुसार आमाले आफ्ना हुनेवाला ज्वाइँलाई स्मार्टफोन दिएकी थिइन् र उनीहरूबीच लामो समयसम्म कुराकानी हुने गर्थ्यो। यही क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गहिरिँदै गएको र अन्ततः भागेर विवाहको निर्णयमा पुगेको बताइएको छ। जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट नगद र गहना लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी समेत दिएका छन्।
आमाको यस्तो व्यवहारले गहिरो मानसिक चोटमा परेकी छोरी भने उत्त घटनापछि बिरामी परेर अस्पतालमा भर्ना भएकी छन्। छोरीले भने आफ्नै आमा आफ्नो खुसीकी दुश्मन बनेको र यस्तो हाला भनेर कल्पनासमेत नगरेकी र सपना चकनाचुर भएको बताएकी छिन् ।
जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट नगद र गहना लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। प्रहरीको अनुसन्धान अनुसार उनिहरु उत्तराखण्ड रुद्रपुरमा रहेको बताइएको छ । एजेन्सीबाट