काठमाडौँ – नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन तथा नेकपा (माओवादी केन्द्र) र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो। कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो। अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्।
कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए।