शिक्षा र प्रहरीको कानुन बनाउन नसक्दा लज्जा भइरहेको छः गगन थापा

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा बिधेयक बनाउन नसक्नु लज्जाको बिषय बनेको बताएका छन् ।

 

काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेसनलाई सम्बोधन गर्दै थापाले शिक्षा र प्रहरी सबन्धी कानुन निर्माण गर्न नसक्नु लज्जाको बिषय भएको बताएका हुन् ।

 

‘संबिधान जारी भए लगत्तै ३–४ बर्ष अगाडी नै शिक्षा र प्रहरी सबन्धी कानुन बनाइसक्नु पर्दथ्यो, त्यो बनाउन नसक्नु लज्जाको बिषय हो,’ थापाले भने, ‘बेलैमा बनाएर दिएको भए अहिले शिक्षकहरू आन्दोलनमा आउनु पर्दैनथ्यो ।’ उनका अनुसार कानुन बनाउन ढिलाईमा कांग्रेसको पनि भागिदार हुनु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्