काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना

काठमाडाैं – काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटनामा परेकाे हाे ।

प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ । र्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएकाे छ । प्रहरीले जनाएअनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बाँकी घाइतेहरूकाे प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

बस चिप्लिँदा काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किन पुगेकाे थियाे । यद्दपि, हाइसमा भने कुनै क्षति भएकाे छैन । हाइसका सबै यात्रु सकुशल रहेकाे प्रहरीले जनाएकाे छ । घटनापछि प्रहरीले बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्