बझाङ – बझाङमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ भने निरन्तर वर्षासँगै पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
बिहीबार साँझ वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन्। चट्याङको जोखिम अझै कायम रहेकाले प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।