गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी, सचिवमा गठबन्धनका भट्ट

दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार सुनिल डाँगा विजयी भएका छन्।

डाँगाले १०५ मत प्राप्त गर्दै नेविसंघ–अखिल क्रान्तिकारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेविसंघका नरेश बिष्टलाई ३ मतको झिनो अन्तरले पराजित गरे। बिष्टले १०२ मत प्राप्त गरेका थिए।

यद्यपि सचिव पदमा भने गठबन्धनले जित निकालेको छ। गठबन्धनबाट उम्मेदवार बनेका अखिल (क्रान्तिकारी) का नवराज भट्टले १२५ मत प्राप्त गर्दै विजयी भए।

निर्वाचनको नतिजाले गोकुलेश्वर क्याम्पसमा मिश्रित जनादेश देखिएको छ। अध्यक्षमा अनेरास्ववियु विजयी भए पनि सचिव पद गठबन्धनको पोल्टामा परेको छ, जसले विद्यार्थी राजनीतिमा प्रतिस्पर्धा अझ चर्किएको संकेत गर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्