प्रधानमन्त्री ओलीलाई गगन थापाको सुझाव : “उद्घाटन र भाषणमा समय खेर नफाल्नुस्, काममा जुट्नुस्”

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन समारोह र भाषणमा अत्यधिक समय खर्च नगरी सरकारको काममा केन्द्रीत हुन आग्रह गरेका छन्।

रुपन्देहीको देवदहमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री र मन्त्रीहरूको डुलाइ-घुमाइले सरकारको कामको गति सुस्त भएको आरोप लगाए। उनले युद्धको मनोविज्ञान लिएर दिनमा १८ देखि २० घण्टासम्म काम गर्नुपर्ने आवश्यकता औंल्याए।

“सरकारको कामको गति पुगेन,” उनले भने, “हामी भन्छौं सरकारलाई — तिमी युद्धको मनोविज्ञानले काम गर। उद्घाटनमा नजाऔ, भाषण गर्न नजाऔ। प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु। मेरो सम्मानपूर्वक अनुरोध छ — तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस्, काम गर्नुस्। त्यो कामको प्रचारप्रसार हामी गरिहाल्छौं।”

थापाले शिक्षकहरूले उठाएका मागहरू समयमै सम्बोधन गरिएको भए सडकमा उत्रनुपर्ने अवस्था आउने थिएन भन्दै, सरकारलाई मागहरू उचित तरिकाले सम्बोधन गर्न आग्रह गरे। उनको भनाइले सरकारले जनअपेक्षा अनुसार सेवा दिन नसकेको भन्ने सन्देश दिएको छ, साथै कामको प्राथमिकता र कार्यशैलीमा सुधार आवश्यक भएको तर्क गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्