काठमाडौं– काठमाडाैँको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलाएको जानकारी गराएको छ। विद्यालयले आगामी चैत्र ३० गते प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ। विद्यालय प्रशासनका अनुसार इच्छुक अभिभावक तथा विद्यार्थीहरूले समयमा नै सम्पर्क गरी आवेदन फाराम बुझाउनु पर्नेछ।
विशेषगरी मोन्टेसरी तहमा अन्तर्राष्ट्रिय स्तरको आइपीसी (IPC: International Primary Curriculum) पद्धतिबाट अध्यापन हुने यस संस्थाले आधुनिक शिक्षण प्रणालीमार्फत गुणस्तरीय शिक्षाको ग्यारेन्टी दिने जनाएको छ। प्रविधिमैत्री शिक्षण प्रणाली, सुविधा सम्पन्न भवन, दक्ष तथा अनुभवी शिक्षकहरूको समूहका कारण नेक्सस इन्टरनेशनल एकेडेमी विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दै आएको छ।
विद्यालयले शैक्षिक उत्कृष्टता, नवप्रवर्तनशील शिक्षण पद्धति, अतिरिक्त क्रियाकलापहरूमा सक्रिय सहभागिता, र पछिल्लो प्रविधिको प्रयोग मार्फत विद्यार्थीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतायुक्त बनाउँदै आएको छ। यस शैक्षिक संस्थाले नतिजामुखी, वैज्ञानिक, व्यवहारिक र विद्यार्थीकेन्द्रित शिक्षा प्रदान गर्दै आइरहेको छ। योग्य, सक्षम, इमान्दार र तालिमप्राप्त शिक्षकहरूको टोलीले विद्यालयको उद्देश्य अनुरूप शिक्षण गरिरहेका छन्। शिक्षक तथा कर्मचारीहरूको मेहनत, विद्यालय व्यवस्थापन समितिको दूरदृष्टि र अभिभावकहरूको निरन्तर सहयोगले नेक्सस इन्टरनेशनल एकेडेमीले उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्दै आएको छ।
संस्थापक प्रिन्सिपल आर. बी. कटवालले भन्नुभयो, “हामी नेक्सस इन्टरनेशनल एकेडेमीमा विद्यार्थीहरूको सम्पूर्ण विकासमा विश्वास राख्छौं। शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, त्यसमा व्यवहारिक सीप, प्रविधिको प्रयोग, नेतृत्व विकास र नैतिक मूल्यहरूको संयोजन आवश्यक छ। हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका शैक्षिक कार्यक्रम अपनाएका छौं जसले विद्यार्थीहरूलाई प्रतिस्पर्धी, सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्य राखेको छौं। अभिभावकहरूको विश्वास र हाम्रो शिक्षण टिमको समर्पणले हामीलाई अझ प्रेरित बनाएको छ। भविष्यमा अझ गुणस्तरीय र नवप्रवर्तनशील शिक्षाका साथ अघि बढ्ने प्रतिवद्धता हामीले गरेका छौं।”
विद्यालयमा सुविधासम्पन्न पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, सभाकक्ष, स्वच्छ र सुविधायुक्त कक्षाकोठा, साथै फराकिलो खेलमैदान रहेको छ। समयको माग अनुसार सूचना प्रविधिमा जोड दिइँदै सबै शैक्षिक सेवामा गुणस्तरीयता कायम गरिएको छ।
विगतमा यस विद्यालयबाट पासआउट भएका विद्यार्थीहरू पेशागत तथा व्यवसायिक क्षेत्रमा सफल हुँदै आएका छन्। विद्यालयले इन्टरनेटको माध्यमबाट समेत शिक्षा प्रदान गर्दै आएको छ। अभिभावकहरूको चाहना तथा आवश्यकतालाई सम्बोधन गर्दै शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना समेत विद्यालयले अगाडि सारेको छ।
शिक्षामा देखिएको प्रतिस्पर्धात्मक वातावरणलाई आत्मसात् गर्दै, गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यालयले आफ्नो विशिष्टता र प्रतिष्ठा कायम राख्न सफल भएको छ। अभिभावकहरू पनि विद्यालयको पठनपाठनप्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्। नेक्सस इन्टरनेशनल एकेडेमीले आगामी दिनमा समेत विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित रही, शैक्षिक क्षेत्रको स्तरीकरणमा थप योगदान पु-याउने विश्वास व्यक्त गरिएको छ।