मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै तेस्रो जित हासिल गरेको छ। सोमबार भएको खेलमा बेंगलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनायो।

मुम्बईका तिलक वर्माले ५६ र कप्तान हार्दिक पान्ड्याले ४२ रनको आक्रामक पारी खेले पनि जितका लागि पर्याप्त भएन। १२औं ओभरमा ९९-४ को अवस्थाबाट तिलक र हार्दिकले ८९ रनको साझेदारी गरेका थिए। तर, अन्तिम २ ओभरमा २८ रन आवश्यक रहँदा हार्दिक क्याचआउट भए। अन्तिम ओभरमा २० रन चाहिंदा बेंगलुरुका क्रुनालले ३ विकेट लिँदै जित सुनिश्चित गरे। क्रुनालले ४ विकेट लिए भने जोश हेजलवूड र यश दयालले २-२ विकेट हात पारे।

यसअघि बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो। विराट कोहलीले ६७, कप्तान रजत पाटिदारले ६४ र जितेश शर्माले अविजित ४० रन जोडे। मुम्बईका हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिए।

यो जितसँगै ४ खेलमा ६ अंकसहित बेंगलुरु अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र जोडेको मुम्बई आठौं स्थानमा छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्