गुजरातको तेस्रो जीत, हैदाराबादको चौथो हार

काठमाडौं, २५ चैत ।  गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो ।

राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदाराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६।४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ९ चौकाको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी वासिङ्टन सुन्दरले ४९ र सेर्फन रादरफोर्डले अविजित ३५ रन बनाउन सफल भएका थिए ।

गिल र सुन्दरले ९० रनको साझेदारी गरे पनि हैदराबादका लागि मोहम्मद शमीले दुई र कप्तान प्याट कमिन्सले एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो। लगातार तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चौथो हार बेहोरेको हैदराबाद ५ खेलबाट दुई अंकका साथ पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्