जनमत र नाउपा एकता : नयाँ पार्टी ‘नागरिक जनमत’, संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सीके राउत

बर्दिया, चैत्र २४ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकता गरी नयाँ पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने निर्णय भएको छ। आइतबार बर्दियाको मधुवन नगरपालिका–अमरपुरमा बसेको कार्यदल बैठकले उक्त निर्णय गरेको हो।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ, जुन पहिले नाउपाको चिह्न थियो। पार्टीको झण्डामा आयातकार आकृतिको बीचमा ढकिया राखिनेछ।

पार्टी संरक्षकमा रेशमलाल चौधरी, कार्यकारी अध्यक्षमा सीके राउत, र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयताकी नेताको रूपमा रहने सहमति भएको छ। क्षेत्रीय जिम्मेवारीको हिसाबले चितवनदेखि झापा सीके राउत र चितवनदेखि पश्चिम रेशमलाल चौधरीले नेतृत्व गर्नेछन्।

पार्टी एकताको अन्तिम घोषणा वैशाख १५ गते गरिने र त्यसअघि टीकापुरमा बैठक बस्ने तयारी छ। राउतले संसदीय आधारमा जनमत पार्टीले नेतृत्व लिने स्पष्ट पारेका छन्।

गत निर्वाचनमा जनमतले प्रत्यक्ष १ र समानुपातिक ५ सिट पाएको थियो भने नाउपाले प्रत्यक्ष ४ सिट जितेको थियो। प्रदेशसभामा दुवै पार्टीको उपस्थिति उल्लेखनीय रहेकाले एकीकरणपछिको शक्ति सन्तुलनमा पनि परिवर्तन आउने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्