अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको एक जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आज बिहान साढे तीन बजे लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी–४ का दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल सन्धिखर्कस्थित जिल्ला अस्पतालमा लगिएको थियो। तर उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिप करिब २०० मिटर तल खसेको र दुर्घटनाको खबर पाउनासाथ नजिकैको खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो।

घटनामा घाइते भएका अन्य दुई जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्