शुक्लाफाँटा–०८ स्थित मणिकाधाम क्षेत्रको बनमा लागेको डढेलो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा

काठमाडौं – शुक्लाफाँटा नगरपालिका–०८ अन्तर्गत बैजनाथ धार्मिक बन उपभोक्ता समूह मणिकाधाम र यससँग जोडिएको राष्ट्रिय बन क्षेत्र तथा चुरे क्षेत्रको बनमा आज दिउँसो करीब १:०० बजेको समयमा अज्ञात समूहद्वारा डढेलो लगाइएको छ।

शशस्त्र प्रहरी बल ३५ नम्बर गण, बैजनाथ सामुदायिक बन उपभोक्ता समूह फुलेलिको टिम, मणिकाधाम टोलका स्थानीय बासिन्दा तथा विभिन्न पक्षको सक्रिय सहयोगमा करिब ३ घण्टाको लगातार प्रयासपछि उक्त डढेलो नियन्त्रणमा ल्याइएको हो।

प्राकृतिक स्रोत तथा धार्मिक आस्थाको केन्द्र मानिने मणिकाधाम क्षेत्रलाई सुरक्षित राख्न सामूहिक रूपमा गरिएको प्रयास अत्यन्तै सराहनीय छ।

डढेलो नियन्त्रणमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सुरक्षा निकाय, स्थानीय समिति र दाजुभाइ तथा दिदीबहिनीहरूप्रति अध्यओ बहादुर सिँह महराले हार्दिक आभार व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्