पूर्वडीआईजी छविलाल जोशी थुनामा पठाइने

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ।

न्यायाधीश रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै जोशीलाई थुनामा पठाउन आदेश दिएको हो। जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ गरिएको थियो।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको थियो, जुन उच्च अदालतले पनि सदर गरेको छ। कानुनी प्रक्रियाअनुसार अब जोशीमाथि थप अनुसन्धान अघि बढाइनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्