रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

२२ चैत, काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला अदालत रुपन्देहीले दिएको आदेश बदर गर्दै उच्च अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला अदालतले रविलाई धरौटीमा छाड्ने आदेश दिएपछि सो आदेशविरुद्ध पुनरावेदन निवेदन उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दर्ता गरिएको थियो।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै रविलाई थुनामा राख्न आदेश जारी गरेको हो।

रवि लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा लागेको छ। यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले उल्टाइदिएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्