नेपाल मोबाइल वितरक संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा रघु तथा सचिवमा मिठाराम बास्तोला

काठमाडौं – नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनमार्फत १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संघको अध्यक्षमा गृहनाथ त्रिपाठी (रघु) चयन भएका छन्।

नवगठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुंवर, सचिवमा मिठाराम बाँस्तोला (नविन), कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा विनोद केसी चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत, तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।

संघका नवनिर्वाचित सचिव मिठाराम बाँस्तोला (नविन) का अनुसार मोबाइल वितरक व्यवसायीहरूले बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दा न्यूनतम प्रतिफलको सामना गर्नुपरिरहेको छ। लगानीको उच्चतम प्रतिफल सुनिश्चित गर्न नेपाल मोबाइल वितरक संघको स्थापना गरिएको हो। यस व्यवसायमा नयाँ व्यवसायीको सहभागिता न्यून देखिएको र यसको सुधारका लागि सबै मोबाइल व्यवसायीहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए।

संघका अध्यक्ष रघु त्रिपाठीका अनुसार आगामी अधिवेशनबाट संघलाई अझ सशक्त रूपमा अगाडि बढाइने छ। बेथिति र अवैध कारोबारलाई निरुत्साहित गर्दै व्यवसायको न्यायोचित रक्षा गर्नका लागि संघ प्रतिबद्ध रहने छ।

यसै सन्दर्भमा, संघको पदस्थापना कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका बीच आयोजना गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्