बैङ्ककमा बिम्स्टेकको छैटौं शिखर सम्मेलन सुरु

 

बैङ्कक- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) संगठनको छैटौं शिखर सम्मेलन आज थाइल्याण्डको राजधानी बैङ्ककमा सुरु भएको छ।

बैङ्ककस्थित होटल साङ्ग्रिलामा आयोजित सम्मेलन सदस्य राष्ट्रका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गर्दै सुरु गरिएको हो। सहभागी प्रतिनिधिमण्डलहरूलाई थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरिन्।

सम्मेलनमा आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिम्स्टेक सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ (समुद्री यातायात सहयोग) सम्बन्धी सम्झौतामा हस्ताक्षरपछि सम्बोधन गरिनेछ।

बिम्स्टेकमा थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काले सदस्यता लिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्