केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौं उपत्यकाको वायुप्रदूषण क्रमशः घट्ने अनुमान

Photo : Google

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौं उपत्यकाको वायुप्रदूषण क्रमशः घट्ने अनुमान गरिएको छ।

हालैको केही दिन काठमाडौं संसारकै प्रदूषित सहरहरूमध्ये एक बनेको थियो। विशेषगरी बुधबार यहाँको हावा अत्यन्त खतरनाक स्तरमा पुगेको थियो। आज बिहान पनि वायु गुणस्तर सूचकांक (AQI) उच्च रहेको आईक्यूएयरको तथ्यांकले देखाएको छ।

आज बिहानको मापन अनुसार, काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (AQI) ३७० माइक्रोग्राम प्रतिघनमिटर रहेको छ, जुन खतरनाक मानिन्छ। सामान्यतः १५१ देखि २०० सम्मको AQI अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

आईक्यूएयरका अनुसार, आजदेखि वायुप्रदूषण विस्तारै घट्दै जानेछ। भारतको नयाँ दिल्ली र मुम्बई लगायतका प्रदूषित सहरहरूमा वायुप्रदूषण घट्न थालेको कारण काठमाडौंमा पनि सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ। आज साँझसम्म काठमाडौंको आकाश केही सफा हुने सम्भावना रहेको बताइएको छ। विशेषगरी दिउँसो २ बजेदेखि हावाको गुणस्तरमा सुधार आउने पूर्वानुमान गरिएको छ।

यसैबीच, वातावरण विभागले अत्यधिक प्रदूषित हावाका कारण स्वास्थ्य समस्या निम्तिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। सम्भव भएसम्म घर बाहिर ननिस्कन, अत्यावश्यक काममा मात्र बाहिर निस्कनुपरे मास्क प्रयोग गर्न, र वायुप्रदूषण बढाउने क्रियाकलाप नगर्न अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्