राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

काठमाडौं, २० चैत । भुकम्प पीडितलाई राहत सामाग्री बोकेेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ।

म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।

टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित  सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाईएको छ।

तस्बिर स्रोत – नेपाली सेना फेसबुक पेज

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्