प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण: बिमस्टेक शिखर सम्मेलनमा सहभागिता

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन बैंकक पुगेका छन्। उनको भ्रमण नेपाल-थाइल्यान्ड द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने र बहुपक्षीय सहयोग विस्तार गर्ने उद्देश्यले भएको हो।

बुधबार ओलीले थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा, नरेश, र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। नेपाल र थाइल्यान्डबीच पर्यटन तथा संस्कृतिसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

बिहीबार ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग भेट्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नेछन्। शुक्रबार उनले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै ‘मेरी टाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नेछन्।

सम्मेलनमा ओलीले विभिन्न सदस्य राष्ट्रका नेताहरूसँग ‘साइडलाइन’ बैठक गर्नेछन्, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्भावित भेटलाई चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरू गरी ५० जना सहभागी छन्। ओली चैत २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्