वि.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र तादी गाउँपालिकाको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न

उर्लेनी – वि.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र तादी गाउँपालिकाको समन्वयमा तादी गाउँपालिका वडा नं १ स्थित उर्लेनी स्वास्थ्य चौकीमा मिति २०८१ चैत्र १४ गतेदेखि २०८१ चैत्र १९ गतेसम्म निःशुल्क आँखामा हुने मोतीयाबिंदु रोगको शल्यक्रिया सहितको आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त निशुल्क शिविरमा धेरै नागरिकहरूको आँखा परिक्षण गरिनुका साथै २५ जनाको मोतीयाबिंदुको सफल शल्यक्रिया सम्पन्न भएको छ। यस शिविरमा वि.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट खटिएका डाक्टर तथा प्राविधिक टोलीले सहयोग गरेका थिए।

शिविर सफल बनाउनका लागि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, स्वास्थ्य शाखाका प्रमुख राजेन्द्र पाठक, तादी १ नेका सभापति यादब खनाल, नेपाल तरुण दल केसका प्रदिप थापा, महाधिवेशन प्रतिनिधि निरन्जन थापा, समाजसेवी गणेश थापा लगायतले विशेष भूमिका निर्वाह गरेका थिए।

यस सफल कार्यक्रमको लागि सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा आयोजकहरूलाई वडा नं १ का अध्यक्ष नकुर दोङले विशेष धन्यवाद व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्