प्रचण्डको आरोप: “ज्ञानेन्द्रकै कारण राजावादीको सभाले हत्याकाण्डको रूप लियो”

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको सभा आततायी भिलेनहरूको सभा भएको आरोप लगाएका छन्। उनले उक्त सभा गणतन्त्रवादीहरूको विरोधसभा रोक्न र विघटन गर्नका लागि आयोजना गरिएको दावी गरे। प्रचण्डले यो सभा ‘आततायीहरूको सभा’ भनेर चिन्हित गर्दै, “ज्ञानेन्द्रको मूर्खता र विवेकहीनताको कारण आततायी सभा भयो” भने।

आइतबार सिन्धुलीको दुधौलीमा आयोजित एक कार्यक्रममा प्रचण्डले काठमाडौँमा गणतन्त्रवादीहरूको भव्य र अनुशासित सभाले राजावादीहरूको उत्पातबाट बचाएको दाबी गर्दै भने, “यदि हाम्रो सभा नराखिएको भए, उनीहरूले अझ बढी वितण्डा मच्चाउने थिए।” उनले राजावादी सभामा दुई जना युवाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै, “ज्ञानेन्द्रकै कारण दुई जना होनहार युवाको ज्यान गएको हो,” भन्ने आरोप पनि लगाए।

प्रचण्डले यसै क्रममा जनताका छोराछोरीको मृत्युमा केही नगरेको भन्दै ज्ञानेन्द्रप्रति गम्भीर आरोपसमेत लगाए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्