३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि

काठमाडौं – आजको सेयर बजार बढेको छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बजारमा २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै बढेको छ । बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । सबैभन्दा धेरै मूल्य जोशी हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी मूल्य प्रभु स्मार्ट फण्डको ५.७४ प्रतिशतले घटेको छ ।

कारोबार र कारोबर संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रोमोटर सेयरको कारोबार सर्वाधिक भएको नेप्सेले जनाएको छ । शुक्रबारको घटनापछि पहिलोपटक खुलेको बजारले तरल राजनीतिक माहोलबीच सकारात्मक अवस्था देखाएको हो । विगत लामो समयदेखि बजारमा गिावट देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्