योगेश भट्टराईको प्रश्न :- माओवादी पार्टी संविधानको रक्षामा छ कि छैन?

काठमाडौं – नेकपा एमालेका सचिव र सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई संविधानको रक्षा गर्ने पक्षमा छन् कि छैनन् भनेर प्रश्न उठाएका छन्। उनले आइतबारको राष्ट्रियसभा बैठक रोकिएपछि सामाजिक सञ्जालमा यो प्रश्न सार्वजनिक गरेका हुन्।

भट्टराईले भने, “आज समय सीमाका रूपमा राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित हुनै पर्ने बाध्यात्मक अवस्था छ। यसलाई रोकेर माओवादी पार्टीले संविधान र कानून बिहिनताको अवस्था सिर्जना गर्न खोजेको हो?” उनले माओवादी पार्टीलाई संविधानको रक्षामा सक्रिय रहन आग्रह गर्दै थप भने, “माओवादी पार्टी यो संविधानको रक्षा गर्ने पक्षमा छ की छैन?”

भट्टराईले माओवादी पार्टीलाई संसदमा उठेका विषयहरूमा बाधक नबन्ने र लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकता प्रकट गर्न आग्रह गरेका छन्। “चैत्र १५ गते भएको हिंसात्मक घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन र राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रकट गर्न माओवादी पार्टी किन अबरोधक बनेको हो?” भट्टराईले प्रश्न गरे।

साथै, उनले संविधानको धारा १०५ अनुसार कुनैपनि अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न मिल्दैन भन्ने कुरा माओवादी नेतृत्वले नबुझेको बताउँदै, “संविधानको पक्षधर भनिएको माओवादी नेतृत्वले यो कुरा किन नबूझेको?” भन्दै माओवादीको भूमिकामा असहमतिपूर्ण विचार व्यक्त गरे।

भट्टराईले माओवादी पार्टीको पक्षमा रहेका दक्षिणपन्थी अतिवादी, व्यवस्था र संविधान विरोधी, हिंसावादी, जातीय र साम्प्रदायिक एकता विरोधी हर्कतहरूलाई लोकतान्त्रिक गणतन्त्रको पक्षधर शक्तिहरूको साझा कार्यभार भएकोसमेत स्मरण गराए।

उनले राष्ट्रियसभा अध्यक्षको गम्भीर ध्यानाकर्षणको लागि आग्रह गर्दै, माओवादी पार्टीलाई संविधान र कानूनको रक्षामा समर्पित हुनको लागि आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्