दुर्गा प्रसाईंको प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण, माफी माग्दै भिडिओ सन्देश

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेर ज्यान जोगाएको बताएका छन्। उनले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा गाडीले प्रहरीको घेरालाई पेल्दै अघि बढेका थिए। यस क्रममा उनले कयौं पटक अश्लील शब्दहरू पनि प्रयोग गरेका थिए।

प्रसाईंले यस विषयमा स्पष्टीकरण दिनुहुँदै भने, “म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन। म भाग्नको लागि जन्मिएको छैन।” उनले आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित स्थानमा रहेको बताएका छन्।

सो घटनापछि फरार रहेका प्रसाईंले सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका छन्। उनले भने, “म आफू सुरक्षित हुनको लागि सुरक्षाकर्मीको घेरा तोडेको हँ। तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु।”

प्रसाईंले थप भने, “मेरो कानको छेवैबाट गोली गयो। मैले कुरो बुझिसकेपछि, मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो। मलाई मार्ने योजना बनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ।”

यसै क्रममा, प्रसाईंले आफू प्रहरी र दिनदुखीलाई माया गर्ने व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गर्दै, आफ्नो कार्यलाई सही ठानेका छन्।

प्रसाईंको यस भनाइसँगै, प्रहरीले अझै उनलाई खोजी गर्दैछ, र उनलाई पक्राउ गर्नको लागि प्रयास जारी राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्