काठमाडौं– नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले २०२५ मोडलका एथर ४५० एक्स र ४५०एस नेपाली बजारमा ल्याएको छ । अत्याधुनिक प्रविधिसहित आएको यी स्मार्ट स्कुटरहरूलाई ‘बाइक अफ स्कुटर’ को उपनाम दिइएको छ । साथै, कम्पनीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ पनि खुला गरिएको छ ।
कम्पनीका अनुसार २०२५ एथर ४५०एक्समा बहु–मोड ट्रयाक्सन कन्ट्रोल प्रणाली उपलब्ध छ, जसले स्कुटरलाई विभिन्न प्रकारका सडक सतहमा सुरक्षित र स्थिर बनाउँछ । रेन मोड, रोड मोड, र स्पोर्ट्स मोड जस्ता विशेष मोडहरूले प्रयोगकर्तालाई ट्राफिक र अफरोड दुबै अवस्थामा सहज अनुभव प्रदान गर्छन् ।
वैद्य इनर्जीका प्रबन्ध निर्देशकसुर्यांश वैद्यले ‘प्रिमियम मोटरसाइकलमा मात्र पाइने प्रविधिहरू अब स्मार्ट स्कुटरमा पनि उपलब्ध रहेको बताए ।
३।७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २।९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ ।
स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।
नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ । कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीले ३ वटा प्याकेजमा एथर केयर सुविधा पनि ल्याएको छ। जस अनुसार १ हजार ९९९ रुपैयाँ तिरेर २ वटा रेगुलर मर्मत र वेयर र टियर पार्टस् तथा लेबर चार्जमा १० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।