नयाँ योजना समावेश गर्न लेकमका वडा अध्यक्षहरूको मन्त्रालयमा पहल, कार्यान्वयनको अपेक्षा

काठमाडाैँ – लेकम गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरूले आफ्नो क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार र विकास निर्माणका योजनाहरू अघि बढाउन विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग भेटघाट गरी योजनाहरू समावेश गरिदिन आग्रह गरेका छन्।

महाकाली करिडोर अन्तर्गत धनथलामा पक्की मोटरेबल पुल निर्माण, सडक निर्माणका क्रममा ठाउँठाउँमा स्टेचर राख्ने व्यवस्था, गोकुले–लाली सडकलाई बहुवर्षीय ठेक्कामा बजेट विनियोजन गर्ने, ओडिगाउँ–लाली सडक निर्माण, वडा नं. ४ मा कृषि तथा फूलफूल प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, वडा नं. ४ को गल्लाकेदार मावि खरकडाको खेल मैदान निर्माण तथा स्वास्थ्य चौकीहरूको मर्मत जस्ता योजनाहरूका लागि पहल गरिएको छ।

यस्तै, वडा नं. २ मा रातामाटा–गराडी सडक निर्माण, कुणी–गाणाँगाउँ–कुस्काँडा–बिटोरा सडक निर्माण, लेकम–०२ मा खेल मैदान निर्माण, वडा नं. २ मा धुरा केदार पर्यटकीय प्रवर्द्धन, वडा नं. २ मा ऐरिछिना–धनथला सडकमा सल्लादेखि धरमघर सडक स्तरोन्नति, वडा नं. २ अनर्तग सर्मोली स्वास्थ्य चौकी गराडीको मर्मत, कृषि तथा पशुपालनमा आधारित रोजगारीमूलक कार्यक्रम, वडा नं. २ मा हुनैनाथ मावि कुणीको भौतिक संरचना निर्माणलगायत विषयमा वडाका जनप्रतिनिधिहरूले माग गरेका छन्।

यस क्रममा वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र जोशी, वडा नं. २ का वडा अध्यक्ष शिवराज जोशी तथा वडा सदस्य हरिदत्त भट्टले विभिन्न मन्त्रालयका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन्। उनीहरूले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी, कृषि मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूसँग छलफल गरी योजनाहरू समावेश गर्न आग्रह गरेका छन्।

उपहार खबरसँग कुराकानी गर्दै वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र जोशी, वडा नं. २ का वडा अध्यक्ष शिवराज जोशी र वडा सदस्य हरिदत्त भट्टले भेटघाट सकारात्मक रहेको र अधिकांश योजनाहरू समावेश हुने विश्वास व्यक्त गरेका छन्। अब आउने दिनमा यिनै योजनाहरू कार्यान्वयन हुने आशा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्