तीनकुने घटनामा कांग्रेसको प्रतिक्रिया : पूर्वराजालाई जिम्मेवार ठहर

काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी घटनाको पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो र गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गरेपछि हिजो भएको घटनामा सबै कब्जा गर्ने उहाँहरूको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी उहाँले (पूर्वराजा) लिनुपर्छ,’ बैठकपछि पत्रकारहरूसँग महतले भने। कांग्रेसले भिड अराजक देखिएको भन्दै घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि गलत मनसायका साथ अराजकता मच्चाइएको बताए। कांग्रेसले पूर्वराजाकै योजनामा आन्दोलन समिति गठन गरिएको आरोप लगाएको छ।

यस्तै, नेपाली कांग्रेसले वर्तमान संविधान पक्षधर दलहरूको बैठक बोलाउने निष्कर्षसमेत निकालेको महतले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्