त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन्। उनले केही दिनअघि नै राजीनामा पत्र तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ।

बराललाई गत वर्ष फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उपकुलपति पदमा नियुक्त गरेको थियो। तर, उनको नियुक्ति र कार्यशैलीप्रति सत्तारूढ दल नेकपा एमालेले असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, ‘प्रधानमन्त्री कार्यालयमा उहाँ आउन सक्ने अवस्था छैन। यदि त्यस्तो अवस्था हुने हो भने उहाँले नियमित रुपमा काम गरिरहनुहुन्थ्यो।’ बरालले केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले राजीनामा दिने जानकारी गराएको जनाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्ने क्रममा यस विषयमा खुलासा गरेका थिए। सोही बैठकमा रहेका एक प्राध्यापकका अनुसार, बरालले आफूलाई राजीनामा दिन बाध्य पारिएको गुनासो प्रचण्डसँग राखेका थिए।

शैक्षिक क्षेत्रमा लामो अनुभव भएका बरालले उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका थिए। उनले २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति पदमा पनि काम गरिसकेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्