तोडफोड गर्ने आन्दोलनकारीलाई जरिवाना, काठमाडौं महानगरको कडा कदम

काठमाडौं । शुक्रबारको हिंसात्मक आन्दोलनमा संलग्नहरुलाई जरिवाना तोक्न काठमाडौं महानगरपालिकाले अध्ययन टोली परिचालन गरेको छ । महानगरले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग र महानगर प्रहरी बलसहितको टोली गठन गरी तोडफोड र क्षतिको मूल्यांकन गरिरहेको छ ।

महानगर स्रोतका अनुसार अध्ययनपछि आन्दोलनकारीहरूलाई ठूलो रकम जरिवाना गराइनेछ । ‘फोहोरको मात्रै जरिवाना गरेर हुँदैन, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । हाम्रै दमकल तोडफोड गरिएको छ, ट्राफिक लाइट भत्काइएको छ,’ एक नगर प्रहरी अधिकारीले बताए ।

शहरको सौन्दर्य नष्ट गर्ने, सार्वजनिक संरचनामा क्षति पुर्‍याउने कार्यप्रति महानगरले कडा कदम चाल्ने जनाएको छ । प्रारम्भिक अनुमानअनुसार करिब १० लाख रुपैयाँ भन्दा बढी जरिवाना लगाउने तयारी भइरहेको छ ।

यसअघि, नेकपा एमाले र राप्रपालाई आमसभा तथा र्‍याली गर्दा फोहोर गरेको भन्दै १-१ लाख रुपैयाँ जरिवाना गरिएको थियो । तर, यस पटकको कारबाही तोडफोड र सार्वजनिक सम्पत्तिको क्षति मूल्यांकन गर्दै थप कडा हुने संकेत महानगरले दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्