काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ । आकस्मिक बैठक भएकोले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको रास्वपाले जनाएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबरे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुनेछ ।
शुक्रबार भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका थिए ।