हिंसात्मक आन्दोलनमा संलग्न धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाडौं – राजावादी आन्दोलनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेका धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा ढुंगामुढा गर्ने खतिवडालाई आज बिहान प्रहरीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

खतिवडाले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको विशेष टोली उनको खोजीमा लागेको थियो। उनी यसअघि पनि विवादास्पद गतिविधिका कारण पक्राउ परिसकेका थिए।

प्रहरीका अनुसार हिंसात्मक आन्दोलनलाई उक्साउने, तोडफोड तथा ढुंगामुढामा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिनेछ। घटनाका अन्य संलग्न व्यक्तिहरूको पनि पहिचान गरी अनुसन्धान अघि बढाइने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्