दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउने सरकारको तयारी

काठमाडौं  – सरकारले राजसंस्था पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको यो निर्णयबारे जानकारी गराएका हुन्।

‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ सहसचिव रिजालले भने। संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डरका रूपमा सक्रिय रहेका प्रसाईं पछिल्लो समय विभिन्न कार्यक्रममार्फत राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गर्दै आएका छन्। सरकारले कानुनी प्रक्रियाअन्तर्गत आवश्यक कारबाही अघि बढाइने बताएको छ। यसअघि पनि सरकारसँग मतभेद राख्दै आएका प्रसाईंको गतिविधि राजनीतिक वृत्तमा चर्चा र विवादको विषय बनिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्