काठमाडौं – राजधानीको तीनकुने क्षेत्रमा जारी राजावादी प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीले माइकिङ गर्दै प्रदर्शनकारीलाई अब केही बेरमा कर्फ्यु लागू हुने चेतावनी दिएका छन्।
प्रदर्शन हिंसात्मक मोडतर्फ उन्मुख भएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। आगजनी नियन्त्रणमा आइसकेको बताइए पनि केही प्रदर्शनकारी सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण गर्न खोजिरहेका छन्।
स्थिति थप नबिग्रियोस् भन्ने उद्देश्यले सुरक्षा निकायहरूले सतर्कता बढाएका छन्। स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ भने कर्फ्यु आदेश पालना गर्न अनुरोध गरिएको छ।