प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित

काठमाडौं –  प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो। यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरेको थियो।

सभामुख देवराज घिमिरेको पहलमा संसद् भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सहमति जुटेन नसकेपछि बैठक १७ गतेसम्मका लागि स्थगित भएको हो।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्