काठमाडौं – जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
समाचार संस्था सिन्ह्वाका अनुसार, भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको थियो। प्रारम्भिक विवरणअनुसार, यसको स्थान २१.९० डिग्री उत्तर अक्षांश र ९৫.६५ डिग्री पूर्व देशान्तरमा रहेको छ।
समाचार संस्था रोयटर्सका अनुसार, भूकम्पको झट्का थाइल्यान्डको राजधानी बैंककमा पनि महशुस गरिएको छ। भूकम्पको धक्का महसुस हुनासाथ, बैंककका सयौं मानिसहरू आतङ्कित हुँदै भवनहरूबाट बाहिर निस्किएका थिए। हालसम्म म्यानमारमा कुनै ठूला क्षतिको विवरण प्राप्त भएको छैन। थप विवरण आउन बाँकी छ।