आईपीएल २०२५: दोस्रो खेलमा बैंगलोर र चेन्नई आमनेसामने

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्स आफ्नो दोस्रो खेल खेल्न मैदान उत्रिन लागेका छन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा शानदार जित निकालेका थिए, जसका कारण उनीहरू उच्च आत्मविश्वासका साथ मैदानमा प्रवेश गर्नेछन्।

हाल अंक तालिकामा बैंगलोर दुई अङ्कसहित पहिलो स्थानमा रहेको छ भने चेन्नई पनि दुई अङ्कसहित चौथो स्थानमा उक्लिएको छ। आजको खेलले तालिकामा ठूलो प्रभाव पार्ने भएकाले दुवै टोली जितका लागि संघर्ष गर्नेछन्। खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्